सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ मा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन भएको छ।
कुबेर थापाको अध्यक्षमा गठन भएको वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण युवा संघकी सुर्खेत इन्चार्ज यमुना नेपालीको प्रमुख आतिथ्यतामा गरिएको छ।


राष्ट्रिय युवा संघ नेपाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ वडा कमिटीको पुस ७ गते भएको भेलाले नयाँ कमिटी निर्वाचित गएको थियो।
उक्त भेलाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शनिबार शपथ ग्रहण कार्यक्रम गरिएको थियो।

उक्त कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, युवा संघ सुर्खेतका अध्यक्ष बासु आचार्य, युवा संघ सुर्खेतका सदस्यहरू लगायतको सहभागीता रहेको थियो।
े

नेपाल कर्म । १४ पुष २०८०, शनिबार १७:४७