सुर्खेत । ललितपुरको बालकुमारिमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रर्दशन गरिएको छ । मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरूले सडकमा टायर बालेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको समेत राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।

सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरण प्रत्याभुति हुन नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन् । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग उनीहरूको छ ।


युवा विद्रोह नाम दिइएको विरोध प्रर्दशन मृतकहरुले न्याय नपाएसम्म जारी रहने जनाइएको छ ।
शुक्रबार भएको उक्त घटनामा दैलेख र अछामका दुई जनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै युवाले प्रदर्शन गरेका थिए ।

नेपाल कर्म । १४ पुष २०८०, शनिबार १५:१२