राजश्व छलिमा संलग्न पुजा सब्जीमण्डीलाई राजश्वले तिरायो ५ लाख जरिवाना

सुर्खेत । सुर्खेतको पुजा सब्जीमण्डीलाई राजश्व छलिमा संलग्न रहेको भन्दै राजश्व अनुसन्धान कार्यालयले ५ लाख जरिवाना तिराएको छ ।




नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्रमा प्याज ल्याउन खोज्ने वीरेन्द्रनगरस्थित मण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले ५ लाख ३७ हजार ३ सय ४१ रुपैयाँ जरिवाना तिराएको हो ।
भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर आएको ट्रकलाई चेक जाँज गर्दा प्याज भेटिएपछि कारबाही गरिएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत सुरेशराज जोशीले बताए
प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरामा २ हजार ८ सय ४० केजी प्याज बोकेर सुर्खेततर्फ जान लागेको यूपी ४० टी ७४७४ नम्बरको गाडीलाई सशस्त्र प्रहरी बलको टोलीले नेपालगन्जबाट नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो ।

तपाईको प्रतिक्रिया