मन्त्री प्रकाश ज्वालाको गाडी जलाइयो

काठमाडौ । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गाडीमा आगजनी भएको छ ।



रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाको समूहले मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

मन्त्री ज्वाला र उनका पीएसओलाई बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका बताइए पनि प्रवक्ता कडायतले मन्त्री सिंहदरबारै रहेको बताए ।

अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

तपाईको प्रतिक्रिया