काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । बिहीवार आफ्नो कार्यकक्षबाट रास्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर साम्पाङले ‘यलम्बर’को फोटो राखेका हुन् ।

आज बिहीबार कार्यकक्ष छिरेलगत्तै साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहालको तस्वीर हटाउने पहिलो काम गरेका थिए । सचिवालय स्रोतका अनुसार साम्पाङले संघ सरकारले धरानको विकासमा चासो नदिएको भन्दै फोटो निकालेका हुन् ।


दुवै तस्वीर हटाएर उनले ‘यलम्बर’को तस्वीर टाँगेका छन् । केही दिनअघि मात्र साम्पाङले सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर यलम्बरको तस्वीर राख्ने घोषणा गरेका थिए ।

नेपाल कर्म । १२ पुष २०८०, बिहीबार १६:५३