काठमाडाैं । नेपाली कांग्रेसले जाजरकोटमा भूकम्पपीडितका लागि ४०७ वटा टहरा निर्माण गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको आज सुरु भएको बैठकमा सहमहामन्त्री जीवन परियारले जारजरकोटमा निर्माण गरिएका टहराको विवरण पेस गरेका छन् ।

उनका अनुसार केन्दीय सदस्य प्रदिप पौडेलको नेतृत्वमा जाजरकोटको नलगाड नगरपालिका वडा नं ५, रगुनाथ, खानटाकुरा, मुली प्राख्रा र ऐरारिममा १२५ वटा टहरा निर्माण गरिएको छ । यस्तै केन्द्रीय सदस्य मोहन आचार्य नेतृत्वमा जाजरकोटकै कुशेगाउपालिका वडा नं ७ मा ११३ वटा टहर निर्माण भएका छन् ।

सहमहामन्त्री परियारका अनुसार केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा नलगाड नगरपालिका वडा नं १ मा २५ वटा टहरा निर्माण गरिएको छ भने केन्द्रीय सदस्य नैनसिंह महर, कुन्दनराज काफ्ले, राजिबबिक्रम शाहकाे नेतृतवमा भेरिनगरपालिका वडा नं १, रावत गउमा २ वटा टहरा बनाइएको छ ।

यस्तै केन्द्रीय सदस्य राजिब ढुङ्गानाकाे नेतृत्वमा, शिवालय वडा नं ८,६,३ मा तीनवटा टहरा बनाइएको छ भने कर्णाली प्रदेश कार्य समितिको नेतृत्वमा भेरी नगरपालिका वडा नं २ मा ५२ वटा टहरा बनाइएको परियारले जानकारी दिए ।
उनका अनुसार बाँके काँग्रेस सभापतिको नेतृत्वमा छेडागाड नगरपालिका वडा नं १ १० वटा टहरा निर्माण गरिएको छ । यस्तै ट्रेड यूनियन कांग्रेसको नेतृत्वमा भेरी नगरपालिका वडा नं २ मा ७० वटा टहरा निर्माण गरिएको छ ।

नेपाल कर्म । १२ पुष २०८०, बिहीबार १६:०६