कस्ताे रहला आजकाे माैसम ?

काठमाडाैं । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरेहकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यद्पि देशभरको तापक्रम चिसो रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन माैसमविद्ले आग्रह गरेका छन् ।



महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आज राति कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् ।

तपाईको प्रतिक्रिया