भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाह दोषी ठहर

काठमाडाै‌ं । नेपाल प्रहरीका पूर्वडीआईजी तथा साहित्यकार महेशविक्रम शाहसहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौंले शाहसहित प्रहरीका पूर्वसई दीपेन्द्रप्रसाद पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत हुँदा ३३ लाख ३८ हजार अनियमितता गरेको आरोपमा दोषी ठह गरेको हो ।



अख्तियारले २० फागुन २०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो । यो मुद्दाका आरोपित प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले यस्तो निर्णय गरेको कार्कीले जानकारी दिए । उनीहरूलाई दोषी ठहर गरे पनि सजाय निर्धारणका लागि भने २५ पुसमा पेसी तोकिएको छ ।

तपाईको प्रतिक्रिया