सल्यान । सल्यानमा एक्स्काभेटर पल्टिँदा सहचालकको मृत्यु भएको छ।
शनिबार बिहान बाग्चौर नगरपालिका–३, स्यालगैह्रास्थित भित्री सडकखण्डमा रा १ क ८५९ नम्बरको एक्स्काभेटर दुर्घटनामा परेकाे हाे।
तिरुपाते निर्माण सेवाको एक्स्काभेटर दाङको गढुवा गाउँपालिका–५ का २४ वर्षीय दीपेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।

चौधरीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको उनले जानकारी दिए।
प्रहरीका अनुसार एक्स्काभेटर नियन्त्रित भएर सडकदेखि १० मिटर तल खसेर दुर्घटनामा परेको थियो।
बाग्चौर नगरपालिका–२ का चालक २२ वर्षीय दीपक डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल कर्म । ७ पुष २०८०, शनिबार १२:५९