पत्रकार प्रवाश शाक्यलाई पृतिशोक

सुर्खेत । पत्रकार प्रवाशकुमार शाक्यलाई पृतिकोश परेको छ । सुर्खेतबाट सञ्चालित द त्रिरत्न डिजिटल पत्रिकाका सञ्चालक एवम सम्पादक शाक्यका बुवा जीवन कुमार शाक्यको गएराती निधन भएको हो ।



अनलाईनका संरक्षकसमेत रहेका जीवनको ७० वर्षको उमेरमा स्वर्गारोहण भएको हो । लामो समयदेखि अस्वस्थ रहेका शाक्यको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाल आदिवासी जनजाती महासघ सुर्खेतका पूर्व अध्यक्ष शाक्य अग्रज पत्रकार पनि हुन । उनी विभिन्न संघ सस्थामा आबद्द रहेर लामो समयदेखि समाजसेवामा आफ्नो जीवन बिताएका थिए ।

सुर्खेत जिल्लाकै कला, साहित्य र संस्कृति अध्यायता रहेका शाक्य वीरेन्द्रनगर–९ लाटीकोइली, निबासी हुन् । उनले सुर्खेत जिल्लामा पहिलो भिडियो चलचित्र “ढुङ्गा जस्तो माया” निर्माण गरेका थिए । शाक्यको आज नै भेरी नदीमा अन्तिम संस्कार गरिने नेपाली काँग्रेस वीरेन्द्रनगरका सचिव मिलन श्रेष्ठले नेपालकर्मलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया