सुर्खेत । अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा अमरज्योती माध्यमिक विद्यालय प्रथम भएको छ। विद्याज्योती निकेतन, वीरेन्द्रनगर सुर्खेतले आयोजना गरेको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा अमरज्योती प्रथम भएको हो।
प्रतियोगिताबाट आयोजक विद्यालय विद्याज्योति निकेतन द्वितीय, ह्युरिस्टिक स्कुल तथा रिसर्च सेन्टर तृतीय र नेरा मावि डाँडा स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन।


सरकारी विद्यालयका ३, संस्थागत प्याब्सन तर्फ २ र नेशनल प्याब्सन का ५ गरि जम्मा १० जना विद्यालय सहभागी भएका थिए।
उक्त प्रतियोगितामा सहभागी विद्यालयलाई प्रमाणपत्र र विजेता स्कुलका विद्यार्थीहरुलाई नगत सहित प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगिता विभिन्न राउन्डमा संचालन भएको थियो।

यस्तै, विभिन्न विद्यालयहरुसँगको सम्बन्ध बढाउदै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ।
साथै विभिन्न विद्यालयहरुले समेत यस्तै खालको कार्यक्रम गर्नुपर्ने धारण राख्दै सहभागी सम्पुर्ण विद्यालयलाई आयोजक विद्यालयले धन्यवाद दिएको छ।
यसअघि पनि विद्यालयले वक्तृत्वकला प्रतियोगिता संचालन गरेको थियो।
उक्त प्रतियोगिता निकेतन विद्यालयका प्रधानाध्यापक ध्रुव सिंहको अध्यक्षता र वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

नेपाल कर्म । ६ पुष २०८०, शुक्रबार १८:४८