वीरेन्द्रनगरबाट अवैध सामान बरामद

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाबाट करिब २४ हजार बराबरको अवैध सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सर्खेतका अनुसार बिहीबार राति सामान बरामद गरिएको हो।



गएराति अन्दाजी ९ः१५ बजेको समयमा नेपालगन्जबाट भन्सार छलेर सुर्खेत ल्याइएको अवैध सामान वीरेन्द्रनगर–३ एरीचोकबाट बरामद गरेको प्रहरीले जनाएको छ।

उक्त सामान कर्णाली प्रदेश ०२००१ ख ०६९६ नम्बरको फोर्स गाडीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाइ नभएको अवैध रुपमा ल्याइएको प्रहरीले फेला पारेको हो।

प्रहरीका अनुसार २ सय ४० किलो चिनी, ४ बोरा नेहा मिठा सुपारी, ३ बोरा चक्लेट र १ बोरा महेश नामक दालमोठ बरामद गरिएको छ।

बरामद गरिएको सामान आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय पठाइएको प्रहरीको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया