दुई लाख बढीको अवैध सामान बरामद

सुर्खेत । प्रहरीले अवैध रुपमा ल्याएइको सामान बरामद गरेको छ। प्रहरीले दुई लाख ३० हजार बराबरको अवैध सामान बरामद गरेको हो।



ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलिले भेरीगंगा नगरपालिका–१० तोलिखोलन पुलबाट सामान बरादम गरिएको प्रहरीले जनाएको छ।

नेपालगन्जदेखि सुर्खेततर्फ आउदै गरेको भे १ ख २६५४ नम्बरको बसलाई प्रहरीदे चेकजाँच गरेको थियो।

उक्त बसलाई चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको अवैध रूपमा ओसारपसार गरेको प्रहरीले पत्ता लगाएको हो।

प्रहरीकाअनुसार बरामद गरिएको सामानमा मिठासुपारी ६० प्याकेट, सुपर पावर सुर्ती ३०० प्याकेट, पान मसला २५ प्याकेट, रेडिमेट कुर्तासुरुवाल २७ पिस, उलन कुर्तासुरुवाल ८ पिस र पातलो कुर्तासुरुवाल १६० पिस रहेका छन्।

तपाईको प्रतिक्रिया