सुर्खेत । सुर्खेतमा पालिकास्तरीय पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वनमन्त्रालय कर्णाली प्रदेशको समन्वयमा कार्यशाला गरिएको हो।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविको पार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना लागू भएको छ।


उक्त कार्यशालामा कर्णाली प्रदेशका करीब २० स्थानीय तह अन्तर्गतको पर्यटन हेर्ने समितिको संयोजक र पर्यटन शाखा वा योजना शाखासंग सम्बन्धित कर्मचारीहरुको क्षमताबृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पु¥याउने अपेक्षासहित कार्यशाला गरिएको हो।
कार्यशालाको मुख्य उद्देश्य स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू विकास गर्न र स्थानीय तहमा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजनाका र्यान्वयन गर्ने रहेको छ। कार्यक्रमले दिगो पर्यटन विकासलाई प्रोत्साहन गर्ने, स्थानीय आर्थिक वृद्धि गर्ने र पर्यटकहरूका लागि जीवन्त र आकर्षक गन्तव्य विकास गर्ने लक्ष्य राखेको छ।

यस्तै, कार्यशालामा पर्यटनको विस्तृत बुझाई, पर्यटनको विकास, बजारीकरण तथा पर्यटकिय गन्तव्यहरूको ब्रान्डिङ रणनीतिहरु, पर्यटन प्रवर्द्धनका लागि मिडिया परिचालन आदि विषय वस्तुमा छलफल गरिएको थियो।
जीविको पार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजनाका जीबीकोपार्जन विज्ञ तथा परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले कार्यशालामा पर्यटनको सम्भावना भएका र पर्यटन क्षेत्रमा अत्यन्तै राम्रो गरिरहेका स्थानीय सरकारको सिकाई आदानप्रदान गरिएको बताए। उनले भने, ‘स्थानीय सरकारको पर्यटन रणनीति एवं कार्ययोजना तर्जुमा गरी पर्यटनमार्फत रोजगार सृजना गर्न रस्थानीय अर्थतन्त्रलाई बढावा दिन सहयोग पुरयाउन यस पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला गरिएको हो।’
यस पालिका स्तरीय पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशालामा दुल्लु नगरपालिका दैलेख, नाम्खा गाउँपालिका हुम्ला, तिलागुफा नगरपालिका कालिकोट, पचालझरना गाउँपालिका कालिकोट, छायाँनाथ रारा नगरपालिका मुगु, मुसिकोट नगरपालिका रुकुम, भेरी नगारपालिका जाजरकोट, शिवालाय गाउँपालिका जाजरकोट, बराहताल गाउँपालिका सुर्खेत, वीरेन्द्रनगर नगरपालिका गरि २० स्थानीय सरकारहरुको सहभागिता रहेको थियो।
कार्यशालामा मुख्य प्रशिक्षक रमेशकुमार आधिकारी रहेका थिए।

नेपाल कर्म । ४ पुष २०८०, बुधबार १५:४९