चामुण्डाबिन्द्रासैनी नगरपालिकाले दियो १३ विद्यालयलाई खेल सामग्री

दैलेख । चामुण्डाबिन्द्रासैनी नगरपालिकाका विभिन्न १३ वटा माध्यमिक विद्यालयलाई खेलकुद सामग्री वितरण गरिएको छ।



नगरपालिकाले विद्यालयस्तरबाटै खेलकुदको विकासका लागि भन्दै खेल सामग्री वितरण गरेको नगर प्रमुख गणेशकुमार शाहीले बताए।

साथै उनले आसन्न १४औँ राष्ट्रपति रनिङ शिल्डको तयारीका लागिसमेत विद्यालयहरुलाई खेल सामग्रीको आवश्यकता महसुस गरी नगरपालिकाले सामग्री वितरण गरेको बताए।

नगरपालिकाले चामुण्डा मावि हाडाकोट, आनन्द मावि चापागाउँ, कालिका मावि नेत्रपानी, हिमालय मावि तिजडाँडा, धर्मदेव मावि आयरपाटा, भैरव मावि बास्ठाँना, जनता मावि लौनचौर, विन्द्रासैनी मावि विन्द्रासैनी, भैरव मावि डौसुर, जनता मावि मष्टामाडु, जनता मावि बस्तेकोट, ओमकोट मावि ओमकोट तथा जयदेव मावि जम्बुकाँधमा खेलकुद सामग्री वितरण गरिएको नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।

नगरपालिकाले विद्यालयहरुलाई करिब ३ लाख ५० हजार बराबरको खेल सामग्री वितरण गरेको हो।

तपाईको प्रतिक्रिया