काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको नकआउट चरण अन्तरगत अन्तिम १६ को ड्र गरिएको छ।
सोमबार राति गरिएको ड्रअनुसार साबिक विजेता म्यानचेस्टर सिटीले डेनिस क्लब एफसी कोपेनहेगनको सामना गर्ने छ।
यस्तै सर्वाधिक उपाधि विजेता रियल म्याड्रिडले बुन्डेस लिगा क्लब आरबी लेइपजिगसँग खेल्ने छ।


बायर्न म्युनिखले इटालियन सिरी ए क्लब लाजियो, एट्लेटिको म्याड्रिडले इन्टर मिलान, आर्सनलले पोर्टो, बार्सिलोनाले नापोली, पेरिस सेन्ट जर्मन (पीएसजी)ले रियल सोसिडाड र बोरुसिया डर्टमुन्डले पीएसभीसँग प्रतिस्पर्धा गर्ने छ।

नेपाल कर्म । ३ पुष २०८०, मंगलवार १३:३३