कर्णालीसहित तीन प्रदेशमा आंशिक बदली हुने

सुर्खेत । कर्णाली प्रदेशसहित तीन प्रदेशमा आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थाेेरै भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानूमान महाशाखाले जाएकाे छ ।



मौसम विश्लेषण : हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था : हाल सुदूरपश्चिम र कर्णाली प्रदेश  लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू-भागहरू साथै देशका पहाडी भू-भागहरू  आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

२०८० जेठ १६ गते (मंगलवार) दिउँसोः सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० जेठ १७ गते (बुधवार) दिउँसोः सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०८० जेठ १८ गते (बिहीबार) दिउँसोः सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

तपाईको प्रतिक्रिया