सुर्खेत । जिल्लाको भेरीगंगाबाट अवैध सामान बरामद गरिएको छ। भेरीगंगा नगरपालिका–१० तोलिखोलाबाट सामान बरामद गरिएको हो।
प्रहरी टोलिले नेपालगञ्जबाट सुर्खेततर्फ आउदै गरेको ना ७ ख ६०५६ नम्बरको बस लाई चेकजाँच गर्ने क्रममा अवैध सामान बरादम गरेको छ।
प्रहरीले बिल भरपाई नभएको अवैध रूपमा ओसारपसार गरिरहेको सुपरपावर सुर्ती ८ बोरा, मिठा सुपारी १ बोरा, चकलेट २ बोरा बरामद गरेको जनाएको छ।


उक्त बरामद गरिएको सामान ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको छ।

नेपाल कर्म । ३ पुष २०८०, मंगलवार १२:०६