काठमाडौँ । सुनको मूल्य बढ्दा मंगलबार चाँदीको भने घटेको छ।
सुन आज तोलामा २ सयले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो।
तेजाबी सुन पनि आज १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


अघिल्लो दिन सुन १ लाख १७ हजार ८ सय र १ लाख १७ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यता मंगलबार चाँदीको भाउ भने घटेको छ। चाँदी ५ रुपैयाँ सस्तो भएर १ हजार ४ सय ५० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।

नेपाल कर्म । ३ पुष २०८०, मंगलवार ११:५७