काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।
मंगलबार (पुस ३) गते दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए।
बैठकमा राष्ट्रियसभा निर्वाचन, पार्टीको विधान सम्मेलन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिका बारेमा छलफल हुने सापकोटाले बताए।


उनका अनुसार पार्टीले गरेको तीन महिने विशेष रुपान्तरण अभियानका बारेमा पनि बैठकमा समीक्षा हुने छ।
माओवादीको सो अभियान पुस १५ गते समापन हुँदैछ।

नेपाल कर्म । २ पुष २०८०, सोमबार १७:०४