बसले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु भएपछि आन्दोलन

सुर्खेत । शनिबार बसले मोटरसाइकलाई ठक्कर दिँदा मृत्यु भएका मनोज सुनारका परिवारले आन्दोलन गरेका छन्। पीडित परिवारका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतको कार्यालय अगाडी र सुब्बाकुनामा विरोध जनाएका हुन्।



शनिबार बेलुका ६ बजेको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ सुब्बाकुनाबाट तीन सय मिटर अगाडी बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।

मृत्युभएपछि आफन्तहरुले सडकमा टायर बाल्दै ‘नाबालक बच्चाको स्वास्थ्य शिक्षाको ग्यारेन्टी गर, हत्यारालाई फासी दे, पीडित परिवारलाई पूर्ण रुपमा न्यया दे’ जस्ता नारा लगाएका छन्।

सुर्खेतबाट नेपालगञ्जतर्फ जादै गरेको युनाईटेड एजुकेशन एकेडेमी नेपालगंज उपमहानगर पालिका–१२ बाँकेको शैक्षिक भ्रमणको भे १ क ११२२ नम्बरको बसले बिपरित दिशातर्फ आइरहेको भे ३ प ९७४० नम्बरको मोटरसाइकलालई ठक्कर दिएको थियो।

मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट बस्ने बर्ष २६ को मनोज सुनार घाइते भएका थिए।

उनको खुट्टा र टाउँकोमा गम्भीर चोट लागेर अवस्था चिन्ताजनक भएपछि उपचारका लागि प्रदेस अस्पताल कालागाउँ सुर्खेत लगिएको थियो।

अस्पताल लगेको केही समयपछि सुनारलाई अस्पतालले मृत घोषणा गरेको थियो। उनको शव अस्पतालमै रहेको छ।

यस्तै, बस चालक बाँके जिल्लाको नेपालगंज उपमहानगर पालिका–११ बस्ने ५९ वर्षीय रमेशकुमार बर्मा, बस–चालक र उक्त बस र मोटरसाइकलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ।

तपाईको प्रतिक्रिया