सुर्खेत । कृषि व्यवसायमा भएका असल अभ्यासको सिकाइ आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । इन इलम परियोजना हेल्भेटास नेपालको सहकार्यमा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमको आयोजना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यशालामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कणरली प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्वीनी र भूमि व्यवस्था कषि तथा सहकारी मन्त्रालय ,सुदुर पश्चिम प्रदेशका सचिव , मन्त्रालयका योजना महाशाखाका प्रमुख एवम् प्रतिनिधि र निर्देशनालयका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो । शनिवार लुम्वीनी प्रदेशको ठाकुरद्धारामा तिन वटै प्रदेशका मन्त्रालयका प्रतिनिधीको सहभागितामा कार्यशाला सम्पन्न भएको हो ।

मन्त्रालयले गरेका राम्रा अभ्यासहरु अन्य प्रदेशमा समेत लागु गर्न सकिने भएकाले कार्यक्रम आयोजना गरिएको सुदूपश्चिम प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा मदन सिंह धामीले वताए ।
प्रदेश सरकारका मन्त्रालयले कार्यक्रम सञ्चालन गरिरहेका र उनीहरुले गरेका राम्रा अभ्यासलाई अन्य प्रदेशमा समेत सञ्चालन गर्नका प्रभावकारी हुने सचिव धामीले वताए । व्याज अनुदान तथा अनुदानका कार्यक्रम व्यवस्थीत गर्नु पर्ने उनको भनाई थियो ।
कार्यशालामा सहभागि कणरली प्रदेश सरकारका कृषि भुमीव्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा नरहरि प्रसाद घिमिरेले यस्ता कार्यशालाले अन्तर प्रदेश सहकार्य गर्ने अवसर भएको वताए । अन्य प्रदेशमा गरेका राम्रा अभ्यास र कार्यक्रम गर्ने वताए । व्यवसाय विस्तार गर्नका लागि र किसानको जीवनस्तर सुधार गर्नका लागि मन्त्रालयले कार्यक्रम सञ्चालन गरिरहेको वताए ।

सिकाइ आदान प्रदानका गर्न व्यवसाय विस्तार गर्ने र योजना निर्माण गर्नका लागि यस्ता कार्यक्रम आयोजना गरिनु पर्ने उनको भनाई थियो। यस्ता कार्यक्रम निरन्तरता दीने प्रतिवद्धता जनाए । कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्वीनीका सचिव याम नारायण देवकोटाले सिकाइ कार्यशालाले मन्त्रालयले गरेका काम सिकाउने र अन्य प्रदेश मन्त्रालयले गरेका काम सिक्ने अवसर प्रदान गरेको वताए ।
समस्या सवै प्रदेशमा उस्तै भएकाले सवै प्रदेशका विज्ञहरुले काम गर्नु पर्ने वताए । समस्या पहिचान र समाधानका उपाय निर्माणमा सहज हुने वताए । विशेषज्ञ सेवा प्रदानका लागि सिकाई आदान प्रदान गर्नु पर्ने उनको भनाई थियो । कार्यशालामा साना किसान कृषि सहकारी सस्था साटाखानी सुर्खेतका उपाध्यक्ष शान्ती छन्तेलले निति निर्माण तहमा किसानको आवाज नपुगेको वताइन् । सरकारले आफुले गरे अनुसारको काम गरेको वताए ।
सहकारीले परिक्षण गरेर सदस्यलाई व्यवसाय सुरु गर्ने गरेको उनको भनाई थियो । किसानको वस्तु उत्पादनमा भन्दा उसको सामान वजारीकरणमा सहयोग गर्नुपर्ने उनको भनाई थियो । इन इलम परियोजना हेल्भेटास नेपालका टीम लिडर हरि गुरुङ्गले व्यवसाय प्रर्वद्धनका लागि कार्यक्रम सञ्चालन गरिरहेको वताए ।
व्यवसाय सफल गराउनका लागि व्यवसाय सेवा प्रदायक तयार गरेर कार्यक्रम थप प्रभावकारी गराइनु पर्ने उनको भनाई थियो । कार्यक्रममा जनज्योती मावि वराहताल ५ सुर्खेतका प्रअ नारायणप्रसाद सिग्देल, केरा व्यवसायी संघ वर्दीयाका अध्यक्ष टोपलाल विक लगायतको सहभागिता रहेको थियो ।

नेपाल कर्म । १ पुष २०८०, आईतवार ०६:४९