कस्ताे रहला आज दिनभरकाे माैसम ?

काठमाडौं । चिसाे बढ्दै गएकाेले यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।



अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसाे लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया