भेरीगंगाबाट ४०० किलो चिनी बरामद

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिकाबाट अवैध चिनी बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अन्दाजी ४०० किलो चिनी बरामद गरेको हो।



रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका–१० छिन्चु बजारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलिले चिनी बरामद गरेको हो।

प्रहरीले नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको ना ४ ख ९३२४ नम्बरको बसलाई चेकजाज गर्दा कुनै पनि बिल नभएको उक्त चिनी फेला पारेको थियो।

तपाईको प्रतिक्रिया