सुर्खेत । नेपाल प्रहरी श्रीमती संघले राउटे बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर लगायतका कार्य समितिका पदाधिकारीले शिविर सञ्चालन गरेका हुन्।
दैलेख जिल्लाको भैरबी गाउँपालिका–५ कागेतडामा बसोबास गर्दै आएकालोपन्मुख राउटे समुदायमा बुधबार ‘स्वास्थ्य शिविर’ सञ्चालन गरिएको हो।
सल्लाको दियाँलो बालेर स्वास्थ्य शिविरको शुभारम्भ गरिएको थियो।

शिविरका साथसाथै उनिहरुलाई न्यानो कपडा, बिस्कुट र फलफूल समेत वितरण गरिएको छ।
श्रीमति संघले राउटे समुदायका १७ महिला र ३९ पुरूष गरी ५६ जनाको स्वास्थ्य चेकजाँच र औषधी वितरण गरेको छ।
साथै १५६ जनालाई जाडोबाट बच्नको लागि न्यानो कपडा कम्बल, १५ कार्टुन बिस्कुट र ३ कार्टुन फलफूलसमेत वितरण गरिएको छ।
उक्त कार्यक्रममा बोल्दै श्रीमती संघकी केन्द्रीय अध्यक्ष कुँवरले सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघको उद्देश्य मानविय सेवा प्रदान गर्ने भएकाले राउटे समुदाय पनि समाजको हिस्सेदार समुदाय भएको हुँदा शिविरको आयोजना गरिएको बताइन्।


साथै उनले चिसो मौसमको सुरूवात भएकाले राउटे समुदायको फरक जिवनशैली र पुरा शरिर ढाक्ने लुगा कपडा नलगाउने चलनका कारण चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको बताइन्।
यस्तै, अध्यक्ष कुँवरले स्वास्थ्य शिविर आजोजना गर्न सहयोग गर्नुहुने स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्र–प्रदान गरिन्।
निःशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण कार्यक्रममा संघकी अध्यक्ष, महासचिव अनुश्री पाख्रीन, केन्द्रीय कार्यसमिति सल्लाहाकार निलम कडायत, सह–कोषाध्यक्ष कमला खनाल साथै नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालको सहभागीता रहेको थियो।
यस्तै, तथा भैरवी गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाही, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक शुसिल सिंह राठौर, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा.अच्युत बिक्रम हमाल, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्साल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत स्थानीय जनप्रतिनिधिहरू र संचारकर्मी समेतको उपस्थिती रहेको थियो।

नेपाल कर्म । २८ मंसिर २०८०, बिहीबार १३:०२