नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितलाई राहत वितरण

सुर्खेत । नेपाल प्रहरी श्रीमती संघले १७ कार्तिकमा जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित भएका नागरिकलाई राहत सामाग्री वितरण गरेको छ । मंगलबार संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरसहितका पदाधिकारीले जाजरकोटको भेरी नगरपालिका वडा–१, राउत गाउँका भूकम्प पीडित ४२ सुत्केरी, ५० जना विद्यार्थी, ४ जेष्ठ नागरिक र भूकम्पमा ज्यान गुमाएका ३१ जना गरी १२७ घरपरिवारलाई राहत वितरण गरिएको हो ।




यस्तै, रूकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा–१४, छेपारेमा भूकम्पमा परी ज्यान गुमाएको ४२ जनाका २८ घरपरिवारलाई राहात सामाग्री वितरण गरिएको छ । भूकम्पबाट पीडित भएका विद्यार्थीहरूको लागि झोला, कापी र कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी स्विटर रब्त्रगबदयह वितरण गरिएको थियो । राहात वितरणको क्रममा संघकी केन्द्रिय अध्यक्ष कुँवरले भूकम्प प्रभावित व्यक्ति, परिवारलाई आफूहरूले गरेको मानविय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास भन्दै विपद्को समयमा सबै एकजुट हुनुपर्ने बताइन ।

भूकम्प पीडित परिवारहरूलाई तत्काल राहात प्रदान गर्नको लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट ५ लाख ५५ हजार ५ सय ५५ रूपैँया उपलब्ध गराईसकेको अध्यक्ष कुँवरले बताइन् ।

तपाईको प्रतिक्रिया