अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँचका लागि सार्वजनिक बहस

सुर्खेत । अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच विषयक सार्वजनिक बहस सम्पन्न गरिएको छ । मंगलबार वीरेन्द्रनगरमा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा सहज पहुँच पुर्याउने उद्देश्यले बहस कार्यक्रम आयोजना गरिएको हो । बहसमा अपाङ्गता भएका व्यक्तीहरुले आफुहरुका लागि पहुँचयुक्त वातावरण नभएको भन्दै यसमा सरकारले गम्भिर भएर सोच्नुपर्ने बताएका छन् ।



राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले आयोजना गरेको वहस कार्यक्रमका सहभागिहरुले अपाङ्गता भएकै कारण आफूहरुले सहज न्यायको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका थिए । राज्यका सेवा प्रदाय निकायहरुमा अपाङ्गतामैत्री नभएको उल्लेख गर्दै राज्यले आफूहरुलाई अधिकार दिनबाट पन्छिन खोजेको उनीहरुको आरोप छ । बहसमा वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदाल, राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया