काठमाडाैं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि माैसम सामान्यतया सफा रहेको छ ।

तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसाे कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशकापहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख छ ।

नेपाल कर्म । २७ मंसिर २०८०, बुधबार ०८:२०