एनएसएल : आज पोखरा थण्डर्स र काठमाडौं रेजर्स भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा सोमबार पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे शुरु हुनेछ ।



पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हो। चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ । काठमाडौं भने चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ।

काठमाडौंविरुद्ध जित हात पारे पोखरा शीर्ष स्थानमा पुग्नेछ र ‘प्लेअफ’को सम्भावना पनि बलियो हुनेछ । पछिल्लो खेलमा बुटवल लुम्बिनीसँग पराजित भएको काठमाडौं फेरि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

यही मंसिर ८ गते शुरु भएको एनएसएलको यो दोस्रो संस्कारण हो, जसमा ९ टिम सहभागी छन्।

तपाईको प्रतिक्रिया