‘जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी बहस चाँडो निष्कर्षमा पुर्‍याउनु पर्छ’

एजेन्सी । कोप– २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका लागि भइरहेको बहसलाई चाँडो भन्दा चाँडो निस्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।



संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षहरूको सम्मेलनको २८ औँ सत्रमा उनले जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी काममा केही प्रगति भइरहे पनि पर्याप्त र छिटो हुन नसकेको बताए।

संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्ता थप जोड दिन आवश्यक रहेको धारणा राखे।

उनले जलवायु परिवर्तनका मुद्दालाई गहन रूपमा लिएर खुला रुपमा छलफल गर्न आवश्यक रहेको बताए । उनले मुद्दाहरूलाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक रहेको बताए।

नोभेम्बर ३० मा शुरु भएको कोप २८ डिसेम्बर १२ सम्म चल्नेछ। संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनले सबै देशले सामना गरिरहेको दबाबपूर्ण जलवायु संकट समाधानका लागि काम गर्न विश्वभरबाट १ लाख १० हजार भन्दा बढी सहभागी भएका छन्।

तपाईको प्रतिक्रिया