वीरेन्द्रनगरबाट लागूऔषध सहित एक पक्राउ

सुर्खेत । प्रहरीले वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटबाट पक्राउ गरेको हो।



पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय अमृत दमाइ रहेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्युरोबाट खटिएको प्रहरी टोलिले उनको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको थियो।

प्रहरीले अमृतको साथबाट ५५ पुडिया (नापतौल गर्दा शुद्ध २ ग्राम ८९० मिलिग्राम) लागूऔषध बरामद गरि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया