सुर्खेत । नीजी क्षेत्र बलियो भयो भने मात्रै आर्थिक समृद्धि हुने कर्णालीका व्यवसयीहरुले बताएका छन। सुर्खेत उद्योग वाणिज्य संघको ४० औ वार्षिक साधारणसभा सहभागी व्यवसायीहरुले सरकारले निजी क्षेत्रमा लगानी गर्न नसक्दा आर्थिक संकट भएको बताएका हुन्।
तरलता अभाव तथा बढ्दो बैकिङ्ग व्याजका कारण निजी क्षेत्रका व्यवसायीहरु समस्यामा परेको व्यवसायीहरूकाे गुनासाे छ। व्यवसयीहरुले अहिलेको अवस्थामा व्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको भन्दै बैकंले ताकेता नगरी केही समयका लागि सहुलियत दिन आग्रह गरेका छन।
बजारहरुमा मन्दी छाएकाले व्यापारीलाई मर्नु र बाँच्नको अवस्था रहेकाको उनीहरुले गुनासो गरेका छन। व्यापारीहरु अहिले टिक्न सक्ने अवस्थामा नरहेको भन्दै बैकंले ब्याजदर नघटाए आफुहरु आन्दोलन गर्ने समेत चेतावनी दिएका छन।


कार्यक्रमलाइ सम्बोधन गर्दै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य समस्या गरिबी भएको भन्दै पर्यटकीय क्षेत्रमा बिकास गरी यहाँको समृद्धि गरिने बताए ।
उनले नीजि क्षेत्र राज्य र समुदायको सहभागीताले राजधानी सहर बनाउनेमा सबै एकमत हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री शर्माले शिक्षा स्वास्थ्य र रोजगार सुशासन सहित पुर्बाधार निर्माण गरे कर्णाली समृद्धि हुने दावी गरे।

कर्णाली प्रदेश प्रतिपक्ष दलका नेता यामलाल कँडेलले विकास निर्माणमा सबैको साथ आवश्यक रहने उल्लेख गरे। उनले अहिले विकासका नाममा व्यक्ती केन्द्रित हुने परिपाटी हावी भएको उल्लेखगर्दै यसलाइ निराकरण गर्न जरुरी रहेको बताए।
उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण विसीले कर्णालीलाइ लगानीमैत्री बनाउन सरकारले विभिन्न क्षेत्रमा लगानी गरिरहेको उल्लेख गरे। उनले निजीलाइ उद्योग सञ्चालनको लागी लगानी आग्रहगर्दै प्रदेश सरकारले लगानीको वातारवरण तयार गरिरहेको बताए।
मन्त्री विसीले निजीलाइ प्रोत्साहनगर्ने गरी सरकारले निती तथा कार्यक्रममै समेटेको भन्दै यसकालागि बजेटको समेत व्यवस्थापन गरिसकिएको जानकारी दिए। नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशका प्रमुख बाबुराम कोइरालाले अर्थतन्त्र विस्तारै सुधारहुदै गएकाले बताए।
उनले व्यवसायी र बैँकहरुबीचको सहकार्य आबश्यक रहेको भन्दै अव व्यवसयीहरुका समस्या विस्तारै समाधान हुँदै जाने दावी गरे। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सम्रग सुर्खेतको विकासको लागि तिनैतहका सरकार र निजीक्षेत्र विच हातेमालो हुन आवश्यक रहेको औल्याए ।

नेपाल कर्म । २३ मंसिर २०८०, शनिबार १८:४७