दोस्रो बलमै गुलसनले लिए विकेट

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो ओभरमै विकेट पाएको छ ।



नेपालका गुलसान झाले नेपालको पहिलो ओभरको दोस्रो बलमै पाकिस्तानको विकेट लिएका छन् ।

गुलसनले पाकिस्तानी ओपनर साम्यल हुसेनलाई शुन्य रनमा पेविलियन फर्काएका छन् । हुसेन ३ बल खेल्दै शुन्य रनमा आउट भएका छन् ।

नेपालले पाकिस्तान समक्ष १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । उत्तम मगरको अर्धशतकमा नेपालले पाकिस्तान समक्ष सो रनको लक्ष्य प्रस्तुत गरेको हो ।

पहिले ब्याटिङ्ग गरेको नेपालले पाकिस्तानी बलर समक्ष खुलेर खेल्न सकेनन् ।

नेपालले एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग खेलेको हो ।

तपाईको प्रतिक्रिया