सुर्खेत । खेलकुद मन्त्री डिगबहादुर लिम्बुले दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधिन रंगशालाको अवलोकन गर्ने क्रममा मन्त्री लिम्बुले कुनै विपत नपरे निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् ।
निर्माण भईरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै अब पूर्वाधारको अभावमा प्रतियोगिता प्रभावित नहुने विश्वास व्यक्त गरे ।


अवलोकनको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८१ मंसिरमा दशौ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तीकै भूमिका रहने बनाए ।

दशौं राष्ट्रिय देलकुदको पूर्व तयारीका लागि आवश्यक परार्मशका लागि सुर्खेत पुगेको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को टोलीले रंगशालाको अवलोकन गरेको थियो ।
आठ विगाह क्षेत्रफलमा निर्माण भईरहेको रंगशालाको हाल सम्म ७० प्रतिशत बढी काम सम्पन्न भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए ।
आगामी जेठ भित्र सम्पन्न गर्ने गरि काम भएको भन्दै सन्ज्यालले बहुउदेश्य सहित मार्सल आर्ट र व्याडमिन्टनका समेत तीन वटा कभर्डहल निर्माण भएको जानकारी दिए ।

नेपाल कर्म । २२ मंसिर २०८०, शुक्रबार १४:२८