काठमाडौं । कोपा अमेरिका २०२४ को ड्र सार्वजनीक भएको छ ।
सार्वजनीक नतिजा अनुसार समूह एमा अर्जेन्टिना, पेरु, चिली परेका छन् ।
यस समूहमा क्यानडा वा ट्रिनिडाड एण्ड टोबागो मध्यबाट एक टिम रहनेछ ।

समूह बीमा मेक्सिको, इक्वेडर, भेनेजोएला र जमैका छन् ।
समूह सीमा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया छन् ।

समूह डीमा ब्राजिल, कोलम्बिया, पाराग्वे छन् । यस समूहमा कोस्टा रिका वा होन्डरुस मध्य एक टिम रहनेछन् ।
तालिका अनुसार दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र अर्जेन्टिना र ब्राजिलको भेट फाइनलमा मात्र हुनेछ ।
अर्जेन्टिनाले क्यानडा वा ट्रिनिडाड एण्ड टोबागो मध्य एक टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाल कर्म । २२ मंसिर २०८०, शुक्रबार १४:११