जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका भुकम्प पिडितलाई काठमाडौंको केयर एण्ड डिभालपमेण्ट अर्गनाइजेशन (सिडिओ) नामक संस्थाले एक सय वाट बत्ति बाल्न मिल्ने सोलार र स्वच्छ खानेपानी पानीका लागि फिल्टर प्रदान गरेको छ । गएको कार्तिक बारेको गाउँपालिका –१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पमा परेर घरबार बिहिन भएका नगलगाड नगरपालिका वडा नम्बर ८ र ९ का एक सय परिवार र का एक सय घरपरिवारलाई राहत सामग्री वितरण गरेकाे हाे ।

संस्थाले आपकालिन बत्ति बाल्नका लागि एक सय वाडको सोलार, स्वाच्छ खानेपानि का लागि फिल्टर, जाडोबाट छल्न डन जकेट, फाइबर ब्लांकेट, सल लगायतका सामाग्री राहतका रुपमा वितरण गरेको नगरपलिका पुर्व मेयर लालबहादुर महताराले जानकारी दिए ।

‘जिल्ला सदरमुकाम खलङ्गाबाट टाढा रहेका वस्तीहरुमा कुनैपनि निकायबाट पाल समेत पाउन नसकेको नागरिकहरुलाई छनोट गरेर नेकपा (एमाले) केन्द्रीय सदस्य निरज आचार्यको पहलमा संस्थाले सम्बन्धित वडाका अध्यक्ष, जनप्रतिनिधहरुको रोहवरमा राहात सामाग्री वितरण गरेको हो’, एमाले नेता समेत रहनु भएका पुर्व मयर महताराले भने ।
मकैको ढोडको पाल बनाएर घरमा बसेका तर अहिलेसम्म सरकार र अन्य कुनैपनि निकायबाट राहत नपाएका विभिन्न गाउँका नागरिकहरुका लागि सिडियो नामक गैरसरकारी संस्थाले दिएको राहत सामाग्री वितरण गरिएकाे नेकपा (एमाले) केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।
भुकम्पले आफू बस्ने घर चर्केर बारीमा बसिरहेको भएपनि आफूले अहिलेसम्म राहत नपाएको बताएकी नलगाड ८ की सिताकुमारी रावतले पहिलो पटक राहतका नाममा पाँच प्रकारका सामाग्री पाउँदा आफूलाई निकै ठूलो सहयोग भएको बताइन् ।
१३ महिनाको छोरी सहित राहत बुझ्न नलगाडको थलह पुगेकी रावले भनिन, ‘सानी छोरीसँग मकैको ढोडको पालमा बस्दा चिसोले निमोनिया लागेर बिरामी भएपछि पालिकासँग पाल माग्न दुई पटक कार्यालय पुगे तर सकियो फेरी आउनु भनेपछि रित्तो हात फर्किनु प¥यो भने अन्य राहत पाउनु त परको कुरा थियो । भुकम्प गएदेखि मैले पहिलो पटक आज मात्रै राहत बुझेकी हुँ ।’

भुकम्पले घरबार बिहिन भएकी सुकिल्ली टमटाले संस्थाले दिएको राहत सामाग्रीले आफूलाई अँध्यारोमा बस्नु पर्ने अवस्थाबाट बचाउने बताइन् । शरिरमा लगाउने कपडा नभएको बेला दिएको ज्याकेट र सिरकले आफूजस्ती बुढीलाई चिसोबाट बचाउने बताएकी उनले राहत वितरण गर्ने सरकार र संघसंस्थालाई सदरमुकाममा मात्र केन्द्रीत नहुन आग्रह गरिन ।
भुकम्प गएर जाजरकोटका नगारिक घरबार बिहिन बनेपछि एमाले नेता आचार्यले राहका लागि आग्रह गरेपछि संस्थाको पहलमा मिशन अष्ट्रियाको आर्थिक सहयोगमा दुई सय घरपरिवारलाई पाँच थरी राहत सामाग्री (डन जकेट, फाइबर सिरक, सोलार, फिल्टर र सल) ल्याएर विरण गरेको बताए ।
संस्थाका प्रदिपमान सिंहले कतैबाट राहत नपाएका नागरिकको हातमा राहत पु¥याउन पाउँदा निकै खुशी अनुभूति भएको प्रतिक्रिया दिए । ‘कच्ची (ग्रावेल) सडकका कारण सामाग्री पु¥याउन, हामीलाई आउन नलगाडको थलहमा निकै कठिन भएपनि कुनैपनि निकायबाट सामान्य पाल समेत नपाएका नागरिकका हातमा हामीले प्रदान गरेको राहत सामाग्री प्राप्त गर्दा भुकम्प पिडितका अनुहारमा देखिएको हाँसोले हाम्रो संस्थालाई निकै सन्तुष्टी दिएको छ । देश भित्रका नागरिकलाई समस्या पर्दा सहयोग गर्नु सामाजिक संस्थाको दायित्व सम्झेर हामी लामो संघर्षका साथ विकट क्षेत्रमा पुगेको हौं’, राहत वितरणपछि सिंहले प्रतिक्रिया दिदैं भने ।
जिल्लाका नागरिकलाई विपतले जिल्लाका नागरिकलाई संकट परेको भन्दै विभिन्न निकायबाटा आएको राहत सामाग्री एकद्धार प्रर्णालीका नाममा सदरमुकाम र पालिका केन्द्रका स्टोरमा थन्किएपछि आफूले सम्पर्कमा भएका सामाजिक संस्थालाई सिधैं वडाको रोवरमा पिडित नागरिकलाई वितरण गर्न पहल गरेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले बताए ।
‘पहुँचका आधारमा कसैले पटक–पटक राहत प्राप्त गरेपनि टाढाका नागरिकले अहिलेसम्म पालसमेत पाउने अवस्था नभएपछि जिल्ला प्रकोप उद्धार समितिका अध्यक्ष समत रहेका प्रमुख जिल्ला अधिकारीसँगको समन्वय र वडा अध्यक्षको रोहवरमा उक्त राहत सामाग्र वितरण हुँदा वास्तविक पिंडितका हातमा राहत पुग्छ भनेरै मैले सिडियो नामक संस्थाका साथीहरुलाई सदरमुकामदेखि निकै टाढाको नलगाडमा जान प्रेरित गरेको हुँ’, आचार्यले थपे, ‘यसले प्राप्त गर्ने र दिने दुवै खुशी भएका छन् ।’

नेपाल कर्म । २२ मंसिर २०८०, शुक्रबार ०८:४५