सुर्खेत । वीरेन्द्रनगरस्थित मंगलगढी-काँक्रेविहार जाेड्ने सडकमा फेरि किचलाे शुरू भएकाे छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पर्ने दाेस्राे लुम्बिनीकाे उपनाम पाएकाे काँक्रेविहार जाेड्ने सडक वर्षाैंदेखि अलपत्र पारेपछि स्थानीयले विराेध जनाएका हुन् ।

मंगलगढी-काँक्रेविहार सडक समयमै नबन्दा स्थानीय युवाहरु फेरि आन्दोलित भएका छन् । लाटीकोइली यूवा समाजमा आबद्ध युवाहरुले लाटीकोइलीस्थित शिव माध्यमिक विद्यालयबाट विभिन्न नारासहित वीरेन्द्र चोक हुँदै बजार परिक्रममा गरि मंगलगढी चोकमा सडक सम्वाद कार्यक्रम गरेका छन् ।

विगत ६ बर्ष देखि बाटो बनाउने भनेर ठेक्का प्रकृयाहरु पुराहुँदा पनि समयमा पूरा नभएपछि युवाहरु आन्दोलित हुनपरेको स्थानीय यूवा थोमस गौतमले जानकारी दिए ।

स्थानीय सरकार परिवर्तन भएर पनि दाेस्राे कार्यकाल सकिँदा पनि विभिन्न बहानामा सडक कालाेपत्रे नगरेपछि नागरिकहरू घुलो र हिलोबाट आजित भैसकेका छन् । तर पनि बाटो समय बनाउने सरकारले कुनै पहलकदमी गर्न नसकेको गौतमकाे आरोप छ ।
बाटो निर्माणसँग सम्वन्धित सबै सरोकारवाला निकायले जवाफदेहिताकालागि सडक सम्वाद कार्यक्रम राखेपिन वडा अध्यक्ष मात्र उपस्थित हुँदा स्थानीयहरू रूष्ठ बनेका छन् ।
सडक सम्वाद कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष ऋषि गिरीले पटकपटक ताकेता गर्दापनि ठेकेदार कम्पनीले धोका दिएको बताएका छन । उनले याे सडक समय मै बनाउन सरोकारवाला निकायलाई खबरदारी गरिरहेका तर ठेकेदार कम्पनीले गर्दा सडक समयमा बन्न सकेको नसकेकाे बताए ।

नेपाल कर्म । २१ मंसिर २०८०, बिहीबार १७:३०