विज्ञान संकायतर्फ कर्णाली सर्वोत्कृष्ट विद्यार्थी बुढाथोकीलाई सम्मान

वीरेन्द्रनगर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले २०७९ सालमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। प्रतिष्ठानले बुधबार (मंसिर–२०) गते वीरेन्द्रनगर सुर्खेतका विद्यार्थी विक्रान्तजंग बुढाथोकीलाई सम्मान गरेको हो।



नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा वि.स. २०७६ देखि विज्ञान विषयमा कक्षा ११ र १२ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र र छात्राहरूलाई प्रोत्साहन तथा सम्मानको लागि स्थापित गरेको उत्कृष्ट विद्यार्थी पुरस्कार २०७९ सालको लागि विक्रान्तजंगलाई प्रदान गरिएको हो।

पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तान्तरण गरेका थिए।

विद्यार्थी बुढाथोकी सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णालीको चर्चित विद्यालय उषा बालबाटिकामा अध्ययनरत थिए। उनले सोही विद्यालयबाट कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने सफल भएका हुन्।

विद्यालयका प्राध्यानाध्यापक सुशील भुसालले विद्यार्थी बुढाथोकीले विज्ञान संकायमा कर्णाली प्रदेशबाट २०७९ सालमा भएको कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अंक अर्थात् ३.७१ जीपिए प्राप्त गरेका जानकारी दिए।

साथै भुसालले कर्णाली प्रदेशमै उत्कृष्ट जिपिए ल्याएर विद्यालयको नाम उच्च राखेकोप्रति गर्व व्यक्त गरे।

तपाईको प्रतिक्रिया