समाजवादी कर्णाली प्रदेशको अध्यक्षमा बुढा

सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टी निकट प्रत्रकारहरुको संगठन समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार बुढाक्षेत्री (सुर्खेत) चयन भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न संगठनको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यी प्रदेश कमिटीको चयन गरेको हो।



जसको उपाध्यक्षमा कमल वुढा (डोल्पा), महिला उपाध्यक्षमा राधिकाकुमारी बराल (कालिकोट), सचिवमा शिवलाल डाँगी (सल्यान), कोषाध्यक्षमा कृष्णबहादुर सुनार (दैलेख) र सहसचिव प्रेम वली (जाजरकोट) सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै, सदस्यहरूमा बशन्त बागचन (मुगु), नन्दराम जैसी (जुम्ला), आनन्दसिंह बोहोरा (डोल्पा), विनोद लम्साल (सुर्खेत), दान खत्री (दैलेख), करिष्मा गिरी (सल्यान), पुष्पराज वली (जाजरकोट), कुसुम रोकाय (हुम्ला) र कमला मल्ल (दैलेख) सर्वसम्मत निर्वाचित भएका छन्।

नमन शाही, रमेश गौतम र चक्र केसीको अध्यक्ष मण्डलले संगठनको नवनिर्वाचित पदाधिकार तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएको छ।

संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले सपथ खुवाएका छन्।

त्यस्तै भेलाले नन्दराज जैसी (जुम्ला) र दुर्गा विसी (सल्यान)लाई केन्द्रीय सदस्यमा मनोनित गर्ने सर्वसम्मत निर्णय समेत गरेको छ।

समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम संगठनका निवर्तमान अध्यक्ष यज्ञराज थापाको अध्यक्षतामा सम्पन्न भएको हो।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव एवम् कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटन शस्त्रमा नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापा, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष अस्मिता गिरी, केन्द्रीय उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चार्ज अनन्त बराल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ज्योति कटुवाल र प्रेस चौतारी नेपालका कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् सुर्खेत इन्चार्ज शिवप्रसाद उपाध्याय लगायतका सहभागी थिए।

तपाईको प्रतिक्रिया