झुलाघाट–चिवाभन्ज्याङ अभियान : एमाले कर्णालीले बुझायो लुम्बिनी प्रदेशलाई झण्डा

सुर्खेत । नेकपा एमालेको थालेको समृद्धिका लागि संकल्प यात्रा सूदुरपश्चिम, कर्णाली प्रदेशहुँदै लुम्बनी प्रदेश प्रवेश गरेको छ।



बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा अन्तरगत एमाले कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेको छ।

मंसिर १४ गतेबाट सुरु भएको झुलाघाट–चिवाभन्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा–२०८०’ को सिलसिलामा पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा एक कार्यक्रमकाबीच झण्डा हस्तान्तरण गरिएको हो।

मंसिर २० गते एमाले कर्णाली प्रदेशकोतर्फबाट एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललाई झण्डा हस्तान्तरण हुन्।

तपाईको प्रतिक्रिया