गृहमन्त्रीको स्वास्थ्यमा फेरि समस्या, मुटुको शल्यक्रिया गरियो

काठमाडाै‌ं । स्वास्थ्यमा समस्या आएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार अस्पताल भर्ना भएका छन् । गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा उनको मुटुको शल्यक्रिया गरिएको छ । हाल उनको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको गृह मन्त्रालयले जनाएको छ ।



डा. अरुण मास्केसहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा उपचाररत रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । केही समयअघि चीन भ्रमणमा गएका बेला उनको मुटुमा समस्या देखिएको थियो ।

तपाईको प्रतिक्रिया