सुर्खेत । नेकपा एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयमसेवक विभागले जाजरकोटमा भूकम्प पुनःनिर्माण फोटो प्रर्दशनी गरेको छ । विभागले १७ कात्तिकमा जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले गरेको भौतिक संरचना क्षतिको खोज उद्दार र पुनःनिर्माणको अवस्था झल्किने एक दिने फोटो प्रदर्शनी गरेको हो ।

१४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को छैटौँ दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको अवरसमा विभागले पुनःनिर्माणका क्रममा खिचिएका तीन सय बढी फोटोहरू प्रदर्शनीमा राखिएको विभागका संयोजक किरण पौडेलले जानकारी दिए । ‘पार्टी केन्द्रको निर्णयअनुसार विभाग मातहत रहने गरेर एक हजार स्वयमसेवक परिचालन हुनुभएका स्वयमसेवकले गरेका काममा गतिविधिहरूका फोटोहरू प्रदर्शनी गरिएको हो,’ पौडेलले भने ।


केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयमसेवक विभागमार्फत १५ वटा समूह रुकुमपश्चिम, २५ समूह जाजरकोटमा गरी गरी ११ सय स्वयमसेवक परिचालन भएका थिए । भूकम्पले जाजारकोट जिल्लामा मात्रै ९ हजार ७ सय ९४ घर पूर्ण क्षति गरेको छ । त्यस्तै २४ हजार ७ सय ७ घर आंशिक क्षति हुँदा जिल्लाका ९ हजार ६ सय ८१ परिवार विस्थापित भएका छन् ।
ओलीलाई स्वागत गर्न नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री जर्नादन शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य सांसद राजिवविक्रम शाह, आठविसकोट नगरपालिकाका मेयर रवि केसी, चौरजहारी नगरपालिकाका मेयर पुष्प वादी, सानीभेरी गाउँपालिकाका अध्यक्ष वृर्षबहादुर विष्टसहितका नेताहरू जाजरकोटको रिम्ना पुगेका थिए ।

नेपाल कर्म । २० मंसिर २०८०, बुधबार ०६:५१