जानिराख्नुस् आजकाे माैसम

काठमाडाैं । नेपालमा हाल पश्चिमी वायुको साथै भारतकाे आन्द्र प्रदेश आसपास रहेको सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान कोशी र मधेश प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।



आज राति कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया