वीरेन्द्रनगरले किन गर्याे एमाले अध्यक्ष ओलीलाई अभिनन्दन

सुर्खेत । मध्यपहाडी यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अभिनन्दन गरेको छ । प्रशिद्ध पर्यटकीय स्थल काँक्रेबिहारमा नगरप्रमुख माहनमाया ढकालले अध्यक्ष ओलीलाई नगरपालिकाकातर्फबाट अभिनन्दन गरेकी हुन् ।



अभिनन्दनमा पत्रमा समृद्ध नेपाल, सुखी नेपालीका प्रणेताका रुपमा रहेका पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई वीरेन्द्रनगर नगरपालिकाले अभिनन्दन गरेको उल्लेख गरिएको छ ।

नगरपालिकाले गरेको अभिनन्दनमा लेखिएको छ ‘तपाईं नेकपा एमालेका श्रद्धेय अध्यक्ष,नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवम् समृद्ध नेपाल,सुखी नेपालीका प्रणेता केपी शर्मा ओलीज्यूको नेतृत्वमा बैतडीको झुलाघाट देखि पाँचथरको चिवा भञ्ज्याङ्सम्म मुलुकको समृद्धिको लागि सङ्कल्प यात्रा तय गरी मध्यपहाडी पुष्पलाल लोकमार्गको पदयात्रामा रहनु भएकाले सो यात्राको पूर्ण सफलताको हार्दिक शुभकामना सहित वीेरेन्द्रनगर नगरपालिकाको तर्फबाट तपाईंलाई हार्दिक अभिनन्दन गर्दछौं ।’

अभिन्दन पत्रमा प्रमुख ढकाल र उपप्रमुख निलकण्ठ खनालले हस्ताक्षर गरेका छन् । प्रमुख ढकालले काँक्रेबिहारमा भइरहेको काम र यस क्षेत्रलाई अन्तरष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउन नगरपालिकाले गरेको प्रयासका बारेमा अध्यक्ष ओलीलाई जानकारी दिइन ।

अध्यक्ष ओलीले काँक्रेबिहारको निरीक्षण र यसको पौराणिक र पर्यटकीय महत्वका बारेमा स्थानीयबासीसँग संक्षिप्त अन्तरक्रिया गरेका थिए । काँक्रेबिहारमा थारु समुदायको साँस्कृतिक प्रस्तुती गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया