सुर्खेत । कर्णाली नदीमा २ सय ४८ किलोमिटर लामो र्याफ्टिङ प्रतियोगिता हुने भएको छ । कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरको २ सय ४८ किलोमिटर लामो जलयात्रा ‘द ग्रेट कर्णाली क्वेस्ट-२०२४’ हुने भएको हो । प्रतियोगिता आगामी फागुन २५ देखि ३० गतेसम्म हुने आयोजकले जनाएको छ ।

यसअघि प्रतियोगिता मंसिर ७ देखि १२ गतेसम्म हुने तय भएको थियो । तर, जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रतियोगिता फागुन तेस्रो साताका लागि सारिएको हो । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज, नेपाल नदी सरंक्षण संस्था र कर्णाली बेसिन सरंक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा हुने प्रतियोगितामा १६ टोली सहभागी हुनेछन् । र्याफ्टिङको दूरी दैलेखको आठबिस नगरपालिकाको राकम कर्णालीबाट कैलालीको दौलतपुर घाटसम्मको हुनेछ ।


प्रतियोगितामा सहभागी हुन फेब्रुअरी ५ सम्म आवेदन दिन सकिनेछ । टोली दर्ताका लागि ४ सय ५० अमेरिकी डलर शुल्क तोकिएको छ ।

नेपाल कर्म । १९ मंसिर २०८०, मंगलवार ०८:३६