सुर्खेत । सेवा निवृत्त राष्ट्रसेवक संघ कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट केशर सिंह माझिको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति निर्विरोध निर्वाचित भएको छ । आइतबार वीरेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशनबाट कर्णाली प्रदेश स्तरीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा डोल्पाका कृष्णदत्त न्यौपाने चयन भएका छन् । यस्तै, महिला उपाध्यक्षमा सल्यानकी हिरामोती राना, उपाध्यक्ष हुम्लाकी धनलाल शाही, महासचिवमा दैलेखका भक्तिराम शर्मा, उप–महासचिव कालिकोटका गोर बोहरा, सचिवमा सल्यानका रेशम भण्डारी, कोषाध्यक्षमा सुर्खेतका भक्तिराम आचार्य र सहकोषाध्यक्षमा नरबहादुर खत्री चयन भएका छन् । अधिवेशनको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले उद्घाटन गरेका थिए ।


नेपाल कर्म । १८ मंसिर २०८०, सोमबार १८:४१