सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपालको दिर्घकालीन लक्ष्य प्राप्त गर्न पेट्रोलियम अन्वेषणको विकल्प नभएको बताएका छन् ।


एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख पुगेका ओलीले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेट्रोलियम अन्वेषणको काम आफ्नै पालामा भएको उल्लेख गर्दै त्यसको कामलाई थप अघि बढाउनुपर्ने बताए ।
‘दैलेख पुरातात्विक महत्वको जिल्ला मात्रै होइन, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो’, अध्यक्ष ओलीले थपे, ‘हाम्रै (एमाले नेतृत्वको सरकारको) पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउनुपर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौँ ।’


नेपाल कर्म । १८ मंसिर २०८०, सोमबार १६:०१