करण केसी एक्लैले लिए ४ विकेट, कुवेत दबाबमा

काठमाडौँ । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा पानी परेपछि खेल पुनः रोकिएको हो। अलराउण्डर करण केसीको घातक बलिङमा एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेत संकटमा आएको छ। ८।२ ओभरमा नै ६ विकेट गुमाएपछि कुवेत संकटमा आएको छ।



घातक बलिङ गरेका करण केसी एक्लैले ५ विकेट लिए। घातक बलिङ गरेका करणले ४।३ ओभरमा १ मेडन राख्दै १० रन खर्चे। नेपालका लागि अर्को विकेट सोमपाल कामीले लिए। करणले कुवेतका ४ ब्याटरलाई क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए।

कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनुपर्नेछ। नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ३३ रन बनाएर खेलिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २ सय ८१ रनको योगफल तयार पारेको थियो। तर डकवर्थ लुइस मेथडका आधारमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको हो।

तपाईको प्रतिक्रिया