काठमाडाैं । सरकारले जाजरकोट भूकम्प प्रभावितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरीलाई खटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जिल्ला सुरक्षा समितिको सिफारिसमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटाउने निर्णय भएको उनले बताइन् ।


जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति पुगेको छ । भूकम्पपछि घरबिहीन भएका ३५ जना चिसोका कारण मरेका छन् ।
मन्त्री शर्माले सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय भएको जानकारी दिइन् ।

नेपाल कर्म । १३ मंसिर २०८०, बुधबार १४:१५