पदमा खड्काले पाइन एमाले कर्णालीकाे उप-सचिव जिम्मेवारी

सुर्खेत । नेकपा एमालेको केन्द्रीय कमिटीले पदमा खड्कालाई कर्णालीको उप–सचिवमा बहाल गर्न परिपत्र गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको पदाधिकारीमा महिला आरक्षण नगरिएकाले खड्कालाई उप–सचिवको पदमा बहाली गर्न परिपत्र गरिएको हो ।



नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उप–सचिव पदमा रमेश शाही निर्वाचित भएका थिए । शाहीले २९९ मत ल्याएर उप–सचिव पदमा विजयी भएका हुन् । तर प्रदेश कमिटीमा महिला आरक्षण नगरिएको दावी केन्द्रीय कमिटीमा गरेपछि शाहीको स्थानमा खड्कालाई बहाली गर्न महासचिव शंकर पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

निर्णय कार्यन्वयन गराउन पठाइएको पत्रमा भनिएको छ, ‘विजयी पुरुष उम्मेदवारमध्य दोस्रो मत ल्याउने शाहीको स्थानमा महिला उम्मेदवारहरुमा सबैभन्दा बढी मत ल्याउने खड्कालाई बहाल गर्नु ।’ शाहीलाई भने प्रदेश कमिटीमा मनोनित गर्न केन्द्रले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया